(क) क्वारेन्टाइन जाच :-
पशु क्वारेन्टाइन कार्यालय विराटनगरले छिमेकी मुलुक भारत लगायत अन्य तेस्रो मुलुकहरुबाट जोगवनी,भण्टावारी तथा माडर नाका भएर नेपाल भित्र प्रवेश गर्ने पशु,पशु जन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरुमा संक्रामक रोग भए नभएको तथा पशु सेवा विभागले लागु गरेको मापदण्ड पुरा गरे नगरेको जाँच गरी क्वारेन्टाइन प्रमाणपत्र प्रदान गर्दछ ।
(ख) नाका अनुगमन :-
क्वारेन्टाइन चेकपोष्ट रहेको नाका बाहेक भारत संग जोडिएका खुल्ला सिमानाको फाइदा उठाइ गैरकानुनी तरिकाले पशु, पशु जन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरुको प्रवेशलाइ निरुत्साहित पार्न यस कार्यालयले आफ्ना चेकपोष्टहरु मार्फत समय समयमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयको समेत सहयोग लिइ नाका अनूगमन गर्ने गर्दछ ।
(ग) आयात निर्यात रेकर्ड पठाउने :-
यस कार्यालयको नाकाहरु भएर वाहय मुलुकहरुबाट नेपालभित्र प्रवेश गर्ने तथा नेपाल बाट बाह्य मुलुकहरुमा निर्यात हुने पशु, पशु जन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरुको विवरण तयार गरी मासिक रुपमा पशु क्वारेन्टाइन महाशाखामा पठाउने गरिन्छ ।
(घ) निःसक्रमण गर्ने :-
बिदेशबाट आयातित पशुहरु क्वारेन्टाइन प्रकृया पुरा गरी यस स्थानबाट अन्यत्र स्थानमा ढुवानी भै जाने पशु ढुवानीमा प्रयोग भएका सवारी साधनहरुबाट संत्रामक रोग पनि भित्रिन सक्ने प्रवल सम्भावनालाइ न्यून गर्ने उदेश्यले विभिन्न भौतिक तथा रसायन बिधि अपनाइ त्यस्ता ढुवानीका साधनहरुलाइ निः संक्रमण गरिन्छ ।
(ङ) अवैध समातिएका पशुपंक्षि तथा पक्षिजन्य पदार्थ नष्ट गर्ने :-
पशु क्वारेन्टाइन कार्यालय विराटनगरले विभिन्न समयमा गस्ती गर्दा सशस्त्र प्रहरी , नेपाल प्रहरी तथा सरोकारवालाहरुको सहयोगमा सिमा क्षेत्रमा अवैधरुपमा प्रतिवन्धित पशु तथा पशु जन्य पदार्थ समाति नष्ट गर्ने गर्दछ ।
(छ) क्वारेन्टाइन नाकाहरुबाट प्राप्त तथ्याङ्क अध्यावधिक गर्ने :-
यस कार्यालयको कार्यक्षेत्र अन्तरगत रहेको नाकाहरु रानी मोरंग,भण्टावारी सुनसरी तथा माडर सिराहाबाट मासिक रुपमा प्राप्त भएको पशु, पशु जन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरुको तथ्याङ्कहरुलाइ अध्यावधिक गरी राख्ने गरिन्छ ।
(ज) बार्षिक क्वारेन्टाइन बुलेटिन तथार गरी केन्द्रमा पठाउने :-
पशु क्वारेन्टाइन कार्यालय विराटनगर अन्तरगत रहेका चेक पोष्टहरु लगायत कार्यालय समेतले गत आ.व. मा सम्पन्न गरेको क्वारेन्टाइन सम्बन्धि सम्पूर्ण गतिविधिहरुलाई समेटेर चालु आ.व.को प्रथम त्रैमासिक अवधिमा बुलेटिन तयार पारी केन्द्रमा पठाउने गरिन्छ ।
(झ) नमुना संकलन तथा प्रेषण :-
पशु क्वारेन्टाइन कार्यालय विराटनगर अन्तरगत रहेका चेक पोष्टहरुको बाटो भएर भित्रिने पशुहरुमा रोगको शंकालागेको अवस्था त्यस्ता पशुबाट नमुना लिइ परिक्षणको लागि सम्बन्धित प्रयोगशालामा पठाउने गरिन्छ र परिक्षण रिपोर्ट प्राप्त भएपछि सम्बन्धित आयातकर्तालाई जानकारी गराउने गरिन्छ ।
(ट) चेकपोष्ट अनुगममन :-
क्वारेन्टाइन कार्यालय विराटनगरले आफ्नो मातहतका चेकपोष्टहरुमा कार्यक्रम संचालनमा देखिने समस्याहरुको निराकरण तथा सामाधानको उदेश्यले समय समयमा चेकपोष्टको अनुगमन गरिन्छ ।
(ठ) क्वारेन्टाइन समन्वय बैठक :-
पशु क्वारेन्टाइन कार्यालय विराटनगरले क्वारेन्टाइन सम्बन्धि जनचेतना अभिबृद्धि तथा क्वारेन्टाइन कार्यक्रम संचालनमा देखापरेका समस्याहरुको बारेमा छलफल गर्न कार्यालय संग समन्वयका सम्बद्ध निकायका पदाधिकारीहरुको उपस्थितिमा समन्वय बैठक बस्ने गरिन्छ ।
(ढ) क्वारेन्टाइन सम्बन्धि सरोकारवाला संग अन्तरक्रिया बैठक :-
पशु क्वारेन्टाइन कार्यालय विराटनगरले विभिन्न सरोकारवालाहरुको उपस्थितीमा पशु क्वारेन्टाइन महाशाखाको प्रमुख/प्रतिनिधी तथा सम्बन्धित विषय बिशेषज्ञको कार्य पत्र सहित सरोकारवाला संग अन्तरक्रिया बैठक बस्ने गरिन्छ।
(ण) समिक्षा गोष्ठी, योजना तर्जुमा र ब्यवस्थापन गोष्ठीमा भाग लिने :-
पशु सेवा विभाग, पशु क्वारेन्टाइन कार्यालय तथा सम्बन्धित विभिन्न कार्यालयहरुले आयोजना गरेको सेमिनार गोष्ठीहरुमा भाग लिने गरिन्छ ।